काठमाडौं, असार २७
जिल्ला अदालत काठमाडौंले अभिनेता भुवन केसीले हालेको मुद्दामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पक्षमा फैसला सुनाएको छ।
बुधबार न्यायाधीश वासुदेव पौडेलको इजलासले साम्राज्ञी शाहविरूद्ध भुवन केसीले दिएको गाली-बेइज्जती मुद्दाको दाबी नपुग्ने फैसला गरेको जिल्ला अदालत काठमाडौंको वेबसाइटमा उल्लेख छ।
साम्राज्ञी शाहले भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।
यसपछि भुवन केसीले उनीविरूद्ध १० करोड क्षतिपूर्ति माग गर्दै गाली-बेइज्जती मुद्दा हालेका थिए।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार