चितवन,२३ असार
असार २९ गतेबाट देशैभर प्रदर्शन हुन लागेको चलचित्र ‘बगान’को निर्माण पक्ष चितवन आइपुगेको छ । नेपालभरका एकल महिलालाई फिल्म ‘बगान’ निःशुल्क देखाउने घोषणा गरिएको छ तर, त्यसको लागि परिचय पत्र आवश्यक पर्ने छ ।
चितवनमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चलचित्र निर्देशक सरोज खनालले सिनेमाको कथावस्तु एकल महिलामा आधारित भएकाले उनीहरूको सम्मानमा निःशुल्क सिनेमा देखाउने निर्णय गरिएको बताए ।
कार्यक्रममा बोल्दै करिष्मा मानन्धरले ‘बगान’ले फिल्म क्षेत्रमा क्रान्ति गरेको बताइन् ।
चलचित्रमा करिष्मा मानन्धर, सरोज खनाल, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह र मिथिला शर्मालगायत कलाकारको अभिनय छ । सरोज खनालको लेखन तथा निर्देशन रहेको ‘बगान’ले एकल महिलाको संघर्षको कथा बोल्छ ।















