चितवन, फागुन १८ –
रत्ननगरको टाँडीमा रहेको शहीद स्मृती बहुमुखी क्यामपसमा स्ववियु सभापतिका लागि विद्यार्थी नेता पारस लामाले उम्मेद्वारी दिने भएका छन् ।
आसन्न स्वतन्त्र विद्यार्थी युनियनको चुनावका निम्ति एकीकृत
समाजवादी पार्टी निकट विद्यार्थी संगठन (अनेरास्ववियु) क्याम्पस इकाईका अध्यक्ष समेत रहेका लामाले उम्मेद्वारी दिन लागेका हुन् ।
रत्ननगर नगरपालिका १२ समाजवादी पार्टी वार्ड कमिटी अध्यक्ष, पार्टी नगर सचिवालय सदस्य, अनेरास्ववियु पूर्व जिल्ला सह–सचिव समेत भइसकेका लामा स्ववियुको दाबेदार हुन् ।