मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशि हुनेहरुको लागि आजको दिन गोचर अवस्था केही संघर्षको बाबजुत पनि सफलता एवं लाभ दिने खालको रहेको छ । धार्मिक–आध्यात्मिक चिन्तनको वातावरण बन्ने र धार्मिक तथा सात्त्विक विचारमा विकास हुने तथा आस्थाको धरोहरमा प्रगाढता आउने छ । धर्मअध्यात्मतर्फ अग्रसरता भइने, मुख्य ठानिएको कामकार्यमा अदृष्यअवरोध एवं अपजश आइपरे पनि लगनशीलतापूर्वक स्वकर्तव्यमा रत्रहनाले सफलता मिल्ने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्नेछ । इष्टकार्य पूर्णतातर्फ अघि बढ्ने र आ“टसाहसमा पनि बृद्धि हुनेछ । स्वजनबाट सहयोग मिल्ने हुनालो चुनौतिको प्रतिकार गर्न सहज हुनेछ । वीर हनुमानको सेवाश्रद्धा गर्नाले अबरोध हटाउन सहज हुनेछ ।
…
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन विपरित रहेको हुनाले अल्लि सोँचविचार र सावधानी अप्नाउनु पर्ने छ । व्यवसाय तथा कर्मक्षेत्रमा केही बाधा अड्चन परिशानी नहोला भन्न सकिन्न । स्वास्थ्यमा पनि समस्या देखिन सक्ने छ, हृदयका दीर्घरोगीहरुले विशोष ध्यान दिन जरुरी देखिएको छ । यदाकदा बिरोधीहरुले चक्रब्यूह रच्नसक्ने तर्फ पनि चनाखो एवं सावधानी हुन जरुरी छ । उपर्युक्त प्रतिकूलताको बाबजुत व्यवहारिक तरिकाबाट सजगता अप्नाइ आफ्नो कर्तव्यपथमा रत्रहनाले आकस्मिक लाभ एवं उपलब्धि भै निराशपन हट्ने छ । भगवान महाकालेश्वरको आराधना तपाईँको लागि आज हितकर हुनेछ ।
…
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने तथा आमोद–प्रमोदको चाहनामा बृद्धि हुनेछ । व्यवसायिक उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । सुरम्यस्थानको यात्रा हुनसक्ने तथा आफन्तीजनसँग भेटघाट हुनपाइने छ । विवाहको प्रस्ताव आउनसक्ने तथा प्रेमसम्बन्ध गाँसिनसक्ने कुरालाई पनि नकार्न सकिन्न । आज यहाँलाई सात अंक, सेतो रङ्ग शुभ हुनेछ भने माँ महाकालीको दर्शनभक्ति गर्नुले शुभत्त्वलाई बृद्धिगर्न मद्दत हुनेछ ।
…
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल एवम् सफल रहनेछ । अवसर तथा समयको सदुपयोग गर्नाले प्रतिस्पर्धामा सफलता हात लाग्नेछ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर आदि पेशाको क्षेत्रमा पनि स्याबासी तथा प्रशंसा मिल्नेछ । अभिष्टकार्यमा सफलता मिल्ने तथा विशेष कार्य सम्पादन हुनजानाले मानसिक महत्त्वकांक्षा पनि बढ्नेछ । विरोधीपक्षलाई पनि सम्झौतामा ल्याउन सकिने छ । आज यहाँलाई हरियो रंग, छ अंकको प्रयोग शुभ हुनेछ भने विपक्षिलाई रणनीतिक सम्मान गर्न जानेमा आफ्नो हितमा फाइदा लिन सकिने छ ।
…
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशि हुनेहरुको लागि आजको दिन दिनलाई सुधारोन्मुख मान्न सकिन्छ । तथापि प्रतिकूल गोचरको प्रभावको कारण मुख्यमुख्य काममा बाधा अड्चन हुनसक्ने देखिन्छ । आक्रोश बढ्नसक्ने छ संयमपूर्वक धैर्यधारण गर्नु पर्ला विद्याविनयता र तर्कबल एवं प्राज्ञिक पनले काम सम्पादन गर्नुपर्ला । योजना गरिएको काम बनाउन अल्लि गाह्रो पर्नेछ । गोचर परिस्थिति बुझी अन्यतर्फ मन नदिई अध्ययनमा मेहनत गरेमा विद्यार्थीहरुले विद्यार्जनमा प्रगति गर्न सकिने छ । केहीहद्सम्म व्यवसायिक क्षेत्रबाट लाभ र सफलता हातपार्न सकिने छ । ग्रहको बाधा अड्चन निवारणको कामना गरी आज यहाँले अढैया शनिको दुष्प्रभाव न्यूनिकरणको लागि शनिदेवलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु उपयुक्त हुनेछ ।
…
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कन्या राशि हुनेहरुको लागि आजको दिन बैठक आदिमा मत बाझिने र असमझदारी गराउने भूमिकामा ग्रहको प्रवलता देखिन्छ । सहकर्मी तथा मित्रवर्गसँग द्वन्द हुनसक्ने र चलिरहेको कार्यमा अबरोध आउनसक्ने एवम् वेचैनी बढ्नसक्ने साथै छरछिमेकी तथा हितैसीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने भएकोले होसियार हुन जरुरी छ । मानसिक संकिर्णताको कारणले कार्यमा प्रतिकूलता आउनसक्ने भएकोल मानसिक धैर्यतालाई धारण गर्नु बुद्धिमानी हुनेछ । यी सामान्य प्रतिकूलताको बाबजुत पनि सावधानिपूर्वक स्वकर्ममा रत् रहनाले पेशा तथा व्यवसाय एवम् कर्मक्षेत्रबाट आकस्मिक लाभ गर्न सकिनेछ ।
…
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तुला राशिहुनेहरुको लागि आजको दिन बहुआयामिक दिन रहेको छ । शक्तिको भरपुर सदुयोग गर्नु बुद्धिमानी हुनेछ । शारीरिक एवम् मानसिक जाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने विशेष कामको लागि सहकार्यको प्रस्ताव पनि आउनसक्नेछ । पेशागत क्षेत्रबाट यथाशक्ति आर्थिक उपार्जन गर्न सकिनेछ । आज यहाँलाई तीन अंक, हरियो रङ्गको प्रयोग फाप्नेछ भने साढेसाती शनिको प्रभावलाई न्यून गर्न शनिदेवलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु हितकर हुनेछ ।
…
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन अनुकूल देखिएको छ । बोलीवचनको सकारात्मक प्रभाव पर्नेछ । गायक गायिका, कविकवित्री, उद्घोषण एवं प्रवचक आदि वाकवृति हुनेहरुको लागि दिन उपलब्धि मूलक हुनेछ । नाता कुटुम्बिक सम्बन्ध प्रगाढ हुने तथा नयाँ सदस्य बढ्नसक्ने सम्भावना पनि छ । व्यवसायिक कार्यमा प्रगति हुने र धनसम्पत्ति आर्जन गर्न सकिनेछ । कसैकसैलाई धनोन्माद बढ्नसक्छ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । दुई अङ्क, सेतो रङ्गको प्रयोगको साथमा आजयहाँले साढेसाती शनिको दुष्प्रभाव न्यून गर्न शनिमहाँकालको दर्शनभक्ति गर्नु शुभकर हुनेछ ।
…
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धनु राशि हुनेहरुको लागि आजको दिन सुधारोन्मुख छ । नया“ कार्यदिशा अवलम्बन गर्नसकिने तथा नयाँ कामको प्राप्ति हुनसक्ने छ । व्यक्तित्त्वको प्रभावबढ्ने तथा ईज्जत र मानप्रतिष्ठा बृद्धि हुनेछ । अनुकूल एवम् सहज दिन परेकोले आज यहाँको दिनचर्यामा मनोरञ्जन एवम् सुखशान्तिको पत्याभूति हुनेछ । मनोवाञ्छित भोजन र स्वागत सत्कार प्राप्ति हुनसक्ने छ । व्यवसायिक लाभ मिल्नेछ । इष्टमित्रको आगमन हुने र सौगात आदि मिल्नसक्ने हुनाले पारिवारिक वातावरण पनि सौहार्दता पूर्ण बन्नेछ । आज यहाँलाई एक अंक, रातो रङ्गको सदुपयोगशुभकर हुनेछ भने साढेसाती शनिको दुष्प्रभाव न्यूनिकरण गर्न शनिदेवको दर्शनभक्ति गर्नुफापकर हुनेछ ।
…
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन सोँचविचार नपुर्याई अनावश्यक रुपमा गरिएको घुमफिरले अन्ततः खर्चलाई नै प्रोत्साहन गर्ला । सुझबुझ नगरी गरिएको फुर्तिफार्तिले पश्चाताप पार्नसक्ने छ । अप्रत्यासित रुपमा कामकार्यमा अबरोध आउनाले मानसिक उद्दिग्नता हुनसक्ने कुरालाई नकार्न सकिन्न । आयमा मन्दि आउने तथा सञ्चित धनखजानाको खर्च हुने, अस्वस्थता बढ्नसक्ने आदि कुरालाई पनि गोचरले लक्षित गरिरहेको छ । मानसिकरुपमा डर लाग्ने, जनव्यवहारमा अन्यायमा पर्नसकिने, मानप्रतिष्ठामा ह्रास आउने, विनाजरुरीको क्षेत्रमा अनर्थ परिश्रम हुनजाने आदि संघर्षजन्य परिवेशको सामना गर्नपर्न सक्नेछ । अल्लि सावधानी एवं संयम र परिश्रमपूर्वक स्वकर्ममा तत्लिन रहनाले केहीहद्सम्म उपलब्धि मिल्नसक्ने छ ।
…
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको आयप्रद दिन देखिएको छ । तथापि बढी ईच्छा गरेको कार्यमा अदृष्य रोकावट आउनसक्ने छ । सामान्यतया व्यवसायिक क्षेत्रबाट ठिकै अर्थोपार्जन गर्नसकिने छ । आफन्तीजनसँग भेट्घाट हुने र औपचारिकता निभाउन पर्नेछ । प्रशंसक बढ्ने र शुभसमाचार प्राप्त हुनेछ । महत्त्वाकांक्षी आश्वासन पनि मिल्न सक्नेछ । आज यहाँको लागि २ अंक, सेतो रङ्गको प्रयोग अनुकूल रहनेछ भने ग्रहको रोकावट निवारणको लागि विद्वान गुरुजनलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।
…
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन मानसम्मान एवम् पदप्रतिष्ठा प्राप्ति हुने दिन रहेको छ । व्यापार व्यवसायबाट राम्रै आर्थिक उपलब्धि एवम् लाभ गर्नसकिने छ । जागिर एवम् राजनीति तथा समाज सेवाको क्षेत्रमा थप जिम्मेवारी मिल्नसक्ने छ । उच्चवर्ग तथा पदस्थ व्यक्तित्त्वहरु सँगको भेटघाटले महत्त्वाकांक्षी पनि बनाउने छ । विशेष विषयको योजनाको बारेमा विचारविमर्श हुनसक्ने छ । महत्त्वपूर्ण नयाँ कार्यको थालनी हुनसक्ने सम्भावना पनि रहेको छ । यहाँलाई आज एक अंक, रातो रङ्ग अनुकूल रहने छ, अपेक्षित उपलब्धिको लागि हृदयदेखि नै हनुमानदेवको श्रद्धाभक्ति गर्नु अझ प्रभावकारी हुनेछ ।