चितवन, पुस ४–
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान–नेपाल जिल्ला कार्यसमिति चितवनको अध्यक्षमा कृष्णप्रसाद भट्टराई चयन भएका छन् । नारायणगढमा भएको १६औं वार्षिक साधारणसभा एवं ८औं अधिवेशनले भट्टराईको नेतृत्वमा १९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
नयाँ समिति निवर्तमान अध्यक्ष लोकबहादुर रानाभाट, प्रथम उपाध्यक्षमा वसन्त लामा, द्धितीय उपाध्यक्षमा उपेन्द्र देवकोटा ‘गोर्खाली’, सचिवमा जीवी सुनार, कोषाध्यक्षमा आयुष्मा केसी, सह–सचिवमा विक्रम क्षेत्री, सह–कोषाध्यक्षमा निश्चल मगर चयन भएका छन् ।
यस्तै सदस्यहरुमा रोशन खड्का, दुर्गा बजगाई, दिलकुमार श्रेष्ठ, शक्तिकुमार गोदार, रामकृष्ण दुलाल, अपेक्षा गिरी (मालती), सरिता गुरुङ, अस्मी लामा, मुक्ति सापकोटा, टीकाराम ढकाल र हर्क सिंह गुरुङ चयन भएका छन् ।