काठमाडौं, मंसिर ४-
गायक रामकृष्ण ढकालको स्वरमा ‘भो आँशु नझार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
भिडियोले प्रेम वियोगको कथालाई कलात्मक शैलीमा बोलेको छ । दुःख पर्दा साथ छाड्नेहरुको पछिल्लो वास्तविकतालाई भिडियोमा जीवन्त शैलीमा देखाइएको छ ।
भिडियोमा गीतकार नारायण र उनकी पत्नी गंगा घिमिरे कँडेलको अभिनय देख्न सकिन्छ ।
गीतकार नारायण कंडेलका शब्द सिर्जना, रमेश कायस्थको संगीत, आशिष अविरलको एरेन्ज, विकाद्दश दाहालको सम्पादन, बुद्ध एण्ड टिमको छायांकन रहेको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।