आज मिति २०८१ चैत २८ गते, बिहीवार, १० अप्रिल २०२५। चैत्र शुक्लपक्ष त्रयाेदशी तिथि। पूर्वफाल्गुनी नक्षत्र, १३ः२४ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह, १९ः५१ बजेपछि कन्या
मेष : दिन राम्रो छ । भाग्यको उदय हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । व्यापारमा हिम्मत गर्नुपर्ने समय छ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
वृष : बौद्धिक क्षेत्रमा गम्भीरतापूर्वक लाग्नुपर्नेछ । धेरै नबोल्नु उचित हुनेछ । स्वास्थ्यले साथ दिनेछ । अप्रिय शब्द सुन्नाले खानपानमा अरुची बढ्नेछ । राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्ने समय छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।
मिथुन : व्यापारमा अगाडि बढ्ने दिन छ । सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ । बौद्धिक क्षेत्रका साथीसँग परामर्श लिनुपर्ने दिन छ । परिवारको साथ र सहयोग रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कर्कट : दिन राम्रो छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । आफन्तबाट सचेत बन्नुपर्ने समय आएको छ । परिवारको साथमा छोटो दूरीको रमाइलो यात्रा हुनेछ ।
सिंह : परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुने दिन छ । दाम्पत्य जीवन सुमधुर बन्नेछ । व्यपारमा सहभागी भए कम्पनी फाइदामा जानेछ । स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ ।
कन्या : लगानीका क्षेत्रमा घाटा हुनेछ । मन अशान्त बन्नेछ । नयाँ लगानी नगर्नु उचित हुनेछ । परिवारमा ठुलालाई सम्मान गरेर अगाडि बढे फााइदा हुनेछ ।
तुला : बौद्धिक व्यक्तिसँग तर्क नगर्नु उचित हुनेछ । शिक्षामा गहन अध्ययनको खाँचो देखिन्छ । राज्यका हरेक अंगमा तपाईंको आवश्ष्यकता देखिन्छ । मिहिनेतलाई निरन्तरता दिनुपर्ने देखिन्छ ।
वृश्चिक : भाग्यको स्थानमा चन्द्रमा पुगेको छ । राम्रो काममा हिम्मत गर्नुपर्नेछ । स्वास्थ्यको ख्याल नगर्दा समस्या हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा बौद्धिक टकराब हुनेछ ।
धनु : स्वास्थ्यमा सुधार हुनेछ । परिवारका सदस्यबाट विरोधी आवाज सुनिने भएकाले सचेत बन्नुपर्नेछ । शिक्षामा लगानीको हिम्मत गर्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मकर : अन्त्य साढेसातीको दशा चल्नेछ । साना कुराले मन अशान्त बन्नेछ । दान गरेर दिनको सुरुवात गरेमा सफलता मिल्नेछ । धार्मिक क्षेत्रमा गरेको दानले फाइएदा हुनेछ । परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ ।
कुम्भ : सानो कुराले मनमा झन्झट बढ्नेछ । स्वास्थ्य सम्बन्धी गढबढी हुने जोखिम छ । खानपानमा विशेष ख्याल गर्नुपर्नेछ । परिवारसँगको सहकार्यले मन शान्त बन्नेछ । दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ ।
मीन : हरेक कुरामा आलस्य बढ्नेछ । पठनपाठनमा अल्छीपनले धोका दिनेछ । परीक्षा लेखेको भए सफलता मिल्नेछ । गणेशको सम्झना गरेर दिनको सुरुवात गर्नुपर्ने समय छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।