काठमाडौँ, २४ चैत
बझाङ प्रदेश सभा १ (१)मा नेपाली कांग्रेसका अभिषेक सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि सिंहले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
अघिल्लोपटक बुवाले जितेको क्षेत्रमा कांग्रेसले छोरा अभिषेकलाई उम्मेदवार बनाएको हो ।
प्रदेशसभा सदस्य एवं कानूनमन्त्री भएकै बेला अभिषेकका बुवा पृथ्वीबहादुर सिंहको दुर्घटनामा परी निधन भएको थियो । आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।








