इलाम, २२ चैत
इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले)लाई सघाउने भएको छ ।
माओवादीले इलाम–२ मा उमेदवार नउठाउने भएको उपमहासचिव तथा पार्टीका कोसी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले जानकारी दिए ।
“इलाममा एमाले उमेदवारलाई सघाउने निर्णय भइसकेको छ । बझाङको सहकार्यबारे भने जानकारी छैन ।” गजुरेलले भने ।
आगामी वैशाख १५ गते इलाम–२ र बझाङ १ (क)मा उपनिर्वाचन हुँदै छ ।








