काठमाडौँ, १९ माघ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सकिएको छ ।
सिंहदरबारमा बसेको सो पार्टीको दलको बैठकमा आगामी हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने तथा जनताका मुद्दालाई कसरी उठाउने भन्नेबारेमा छलफल भएको नेता मनिष झाले बताए । उनका अनुसार विगतका बैठकको समीक्षा र आगामी बैठकको प्रस्तुतिबारे घनीभूत छलफल भएको हो ।
सांसद निशा डाँगीले आगामी दिनमा प्राइभेट बीलका सन्दर्भमा ककसले बोल्ने भन्नेबारेमा छलफल भएको बताइन् । उनले विगत एक वर्षमा जति गर्न सकिन्थ्यो त्यो गर्न एकीकृत भएर गर्न नसकेको भन्दै त्यसलाई आगामी दिनमा सुधार गर्दै जानेबारे छलफल भएको बताइन् ।








