काठमाडौँ, १८ माघ
व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । ‘बाँसबारी छाला जुत्ता’ उद्योगको जग्गा प्रकरणमा उनलाई पक्राउ गरिएको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले चौधरीलाई बिहीबार राजधानीको लाजिम्पाटबाट पक्राउ गरेको हो ।
बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपनी जग्गा चौधरी ग्रुपले नियमविपरीत गएर निजी बनाएको विषयमा छानबिन गर्न उनलाई पक्राउ गरिएको स्रोतले जानकारी दियो ।
ब्युरोको टोलीले छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि बत्तीसपुतलीबाट पक्राउ गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको सिआईबीले जनाएको छ ।








