काठमाडौं माघ १७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०का अमिन गोविन्द ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सेवाग्राहीसँग जग्गा नापजाँच गरी लालपूर्जा दिलाउने प्रयोजनार्थ ४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ढकाललाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।








