काठमाडौँ, ६ पुस
माल्टा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउन पर्नेमा खोटाङ घर भएका ललितपुरको सातदोवाटोमा बस्ने ५५ वर्षीय वीरेन्द्र उदास रहेका छन्।
उनलाई प्रहरीले सातदोवाटो पक्राउ गरेको हो ।
उदासले सविता गुरुङलाई माल्टामा ३ लाख तलब हुने जागिर लगाइदिन्छु भनेर ९ लाख रुपैयाँ रकम ठगेको आरोप छ । माल्टा जान २८ लाख लाग्ने भन्दै उनले सो रकम लिएका हुन् ।
९ लाख रकम लिएर सम्पर्क विहीन भएका उदासलाई पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।








