बारा, ४ पुस
बाराको जितपुर सिमरा उप महानगरपालिका–१ पथलैया चोकबाट प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका घर भएका २१ वर्षीय सुवास मोक्तान र ३० वर्षीय देवराज स्याङताङ रहेका छन् ।
बागमती प्रदेश–०२–०२९ प १६०९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा गाँजासहित उनीहरु पक्राउ परेका हुन् ।

साढे ४ किलोका दरका दुईवटा गाँजाको प्याकेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
मोटरसाइकल र आरोपीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








