प्युठान, २८ मङ्सिर
प्युठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
बाटोमा हिँडिरहेका मल्लरानी गाउँपालिका–३ का वडा सदस्य दामोदर नेपालीको मृत्यु भएको हो । आज बिहान ११ः२० बजे लु३च ६८७४ नम्बरको स्कार्पियोको अगाडिको टायर पङचर भई ‘ब्रेकफेल’ भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्युठानको ऐरावती गाउँपालिका–२, बरौलाबाट खलंगाको बुढाचौरतर्फ जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पुरानो भवननजिकै दुर्घटना भएको हो ।








