काठमाडौँ, २४ मङ्सिर
अमेरिका पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका–६ का ३० वर्षीय अभिषेक श्रेष्ठ छन् ।
ललितपुरको गोदावरी नगरपालिका–१० मा बस्दै आएका उनलाई गएको शुक्रबार अपराह्न लगनखेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
श्रेष्ठले नवीन खड्कालाई वैदेशिक रोजगारीका निम्ति अमेरिका पठाइदिने बताएका थिए । त्यसका निम्ति प्रतिव्यक्ति ३५ लाख लाग्ने र प्रतिष्ठित होटेलमा काम लगाइदिने भन्दै मासिक तीन लाख रुपैयाँ तलब हुने प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।
यसबारे थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ।








