काठमाडौं, मंसिर २३
थानकोटमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा चन्द्रागिरी-२ नागढुंगा बस्ने अस्मिता भण्डारी रहेकी छिन् । गएराति मेडिसिटी अस्पतालमा उपाचारका क्रममा उनको मृत्यु भएको हो ।
स्कुटरमा सवार अस्मिताको श्रीमान् ४० वर्षीय श्रीधर भूर्तेल गम्भीर घाइते भएका छन् ।
शुक्रबार दिउँसो ३ बजे चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगा जाँदै गरेको बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै गरेको प्र ३-०१-००६ ख १३०८ नम्बरको ट्रक (डिब्बा गाडी)ले ठक्कर दिएको थियो ।
ट्रक र चालक दुवै प्रहरी वृत्त थानकोटमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।








