काठमाडौँ, २२ मङ्सिर
त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो सुन २४ क्यारेटको भएको पुष्टि भएको छ । शुक्रबार भन्सार विभागमा गरिएको परीक्षणमा ९९.९९९ सुन अर्थात् २४ क्यारेटको रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयले उक्त सुनसहित बिहीबार राति दुई जनालाई पक्राउ गरेको थियो ।
गए राति कार्यालयको टोलीले फ्लाइ दुबईको उडान नं एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र मीनबहादुर घलेलाई पक्राउ गरेको थियो।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









