काठमाडौं, फागुन ९-
रौतहटमा कर्फ्यु आदेश जारी गरिएको छ । आज (शनिबार) दिउँसो १ बजेदेखि लागु हुने गरी प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेशसागर भुसालले कर्फ्यु आदेश जारी गरेका हुन् ।
गौर नगरपालिका क्षेत्रमा अर्को आदेश नभएसम्मका निम्ति कर्फ्यु लगाइएको छ । दुई समुदायबीच तनाव बढेपछि कर्फ्यु आदेश जारी गरिएको हो ।
यसक्रममा उच्छृंखल गतिविधिमा संलग्न आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरिएको सीडीओ भुसालले जानकारी दिए ।








