Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, फागुन ०८, २०८२
☰
Logo शुक्रबार, फागुन ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

लोकप्रिय समाचार

  • १. आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३. आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ६. रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित

  • ७. दीपेन्द्रको कीर्तिमानी ब्याटिङमा १२ वर्षपछि तोडियो विश्वकपमा नेपालको जितको खडेरी

  • ८. भरतपुर मेयर्स कप क्रिकेटको उपाधि अर्किडले जित्यो

  • ९. देशभर पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

  • १०. ‘नागरिक करार’ भन्दै रविले सार्वजनिक गरे पाँचबुँदे पत्र

मिथिला मध्यमा परिक्रमाका यात्री जलेश्वरतर्फ

महोत्तरी, फागुन ८ –
मधेसको प्राचीन मिथिला क्षेत्रमा ‘महाकुम्भ’ भनिने १५ दिने मिथिला मध्यमा परिक्रमाका यात्री आज पाँचौँ दिन महोत्तरीको जलेश्वर पुग्दैछन् ।

बिहीबार भारतको मधुवनी जिल्लाको फुलहरबाट महोत्तरीको मटिहानी आएका यात्री आज पाँचौँ दिनको रात्रिबासका लागि बिहानैदेखि जलेश्वर आउने क्रम सुरु भएको हो । अहिले जलेश्वरदेखि मटिहानीसम्मै यात्रीको अटुट पङ्ति देखिँदो छ । मटिहानी यात्रीको महोत्तरी जिल्लाको पहिलो रात्रि विश्रामस्थल हो ।

पाँचौँ दिनको विश्रामका लागि आज आफ्नो नगर प्रवेश गरेका यात्रीलाई जलेश्वरवासीले स्वागत गरेका छन् । गत सोमबार सुरु भएको यो यात्राका यात्रीले यसअघि पहिलो दिन धनुषाको हनुमानगढी, दोस्रो र तेस्रो दिनको रात्रिबास भारतको मधुवनी जिल्लाको कल्याणेश्वर (कलना) र गिरिजास्थथान (फुलहर) मा गरेका थिए । बिहीबार महोत्तरी प्रवेश गरेका यात्री अब आउने सोमबारसम्म महोत्तरीको यात्रामा रहने छन् । यसक्रममा आज पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको रात्रिबासपछि नवौँ दिन फेरि धनुषा प्रवेश गर्नेछन् ।

यसअघि गत सोमबार धनुषाको ठेराकचुरीबाट मिथिलाविहारी (श्रीराम) को प्रतिमा राखिएको डोलीअघि लगाइ सुरु भएको यात्रा जनकपुरस्थित अग्निकुण्ड (सुन्दर सदन) मठबाट किशोरीजी (सीताजी)को प्रतिमा राखिएको डोला थपिएर अघि बढेको थियो । आज यात्री जलेश्वरस्थित परिक्रमा पोखरी डिल वरपरको चउरमा पण्डाल लगाएर बास बस्नेछन् ।

यो यात्राको अभिष्ट आरोग्यता, कल्याण र मोक्ष रहने गरेको छ । अघि त्रेता युगमा श्रीराम र सीताजी विवाहपछि त्यतिखेरको मिथिला राज्यका विभिन्न ठाउँमा वनविहार गर्दै गर्नुभएको भ्रमणको सम्झनामा मिथिला माध्यमिकी परिक्रमाको परम्परा चलेको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउनुहुन्छ । श्रीराम र जानकीको पदचाप पछ्याउँदै गरिने यो यात्रामा उहाँहरु हिँड्नुभएको बाटोको धुलोको स्पर्शले मोक्ष प्राप्त हुने मैथिल विश्वास गर्छन् ।

विश्रामस्थलमा श्रीराम र जानकीजीको डोला (प्रतिमा रखिएको डोली)आइपुगेपछि वरिपरिका बस्तीबाट डोला दर्शन गर्नेको घुइँचो लाग्ने गरेको छ । डोलाको आगमनसँगै विश्रामस्थलमा डोला दर्शन गर्ने, भजन, कीर्तनसहित धार्मिक मेला आयोजन हुँदै आएको परम्परा छ । यात्रीहरुको भोजन, आवास, खानेपानी र प्राथमिक उपचारसहितको सेवाका लागि स्वयंसेवकसहितको आवश्यक प्रबन्ध विश्रामस्थलस्थित स्थानीयतह, सामाजिक सङ्घसंस्था र मठमन्दिरले आपसी समन्वयमा गर्छन् ।

नेपाल र भारतमा गरी जम्मा १३३ किलोमिटरको यो यात्रामा महोत्तरीमा २५ किलोमिटरको यात्रा गरिन्छ । जसमध्ये भारततर्फ २६ किमी र बाँकी धनुषाका क्षेत्र पर्छन् । यो परिक्रमा परम्परा १८ औँ सताब्दीमा सुुरु भएको मिथिला संस्कृति र परम्पराका जानकार बताउँछन् । रामसीताका पदचाप पछ्याउँदै उहाँहरुकै प्रतिमा राखिएका डोली अगाडि लगाएर गरिने यो यात्रा दैहिक नभएर पारलौकिक भएको साधुसन्तको भनाइ छ । सामलखाजा र एकसरो फेरफारका लुगाको पोको आफैँ बोकेर नाङ्गा खुट्टाले गरिने यो यात्राले सांसारिक दुःखकष्टबाट मुक्ति दिने हिन्दू मैथिल जनविश्वास रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायणलाल कर्ण बताउनुहुन्छ ।

यात्रामा नेपाल र भारतका विभिन्न मठका साधुसन्त र आम श्रद्धालु सर्वसाधारणको सहभागिता रहँदै आएको छ । यात्राको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, मार्गमा पर्ने स्थानीयतह र धार्मिक मठहरुले संयोजन, समन्वय गर्दै आएका छन् ।

फागुन औँसीमा सुुरु भएर फागूपूर्णिमाका दिन जनकपुरधामको अन्तर्गृह परिक्रमा गरी सम्पन्न हुने माध्यमिकी परिक्रमा मिथिलाको विशिष्ट सांस्कृतिक पर्व मानिन्छ । रासस

Chitwan Aaja चितवन आज
शुक्रबार, फागुन ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
‘निर्वाचनलाई स्वच्छ बनाउन आचारसंहिताको पालना अनिवार्य’
सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति
प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार

ताजा समाचार

सबै

‘निर्वाचनलाई स्वच्छ बनाउन आचारसंहिताको पालना अनिवार्य’

सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति

प्रतिनिधिसभा निर्वाचन लक्षित टिकटक प्रतियोगिता, विजेताले पाउनेछन् ५० हजार

रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित

सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्यमा सामान्य गिरावट

मिथिला मध्यमा परिक्रमाका यात्री जलेश्वरतर्फ

दाङको तुलसीपुरमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

बालेनजी र मैले नसकेको आँट कसैले गर्दैनः रवि लामिछाने

सर्लाहीमा गोली लागेर एक बालक घाइते

जनता जागेको बेलामा कसैले कचकच नगरौँ : रवि लामिछाने

रास्वपाको चुनावी वाचापत्र सार्वजनिक

रास्वपालक्षित गगन थापाको टिप्पणी- जेनजी आन्दोलनको लाभांश लिन खोज्दैछ

राष्ट्रविरुद्धको महाअपराध छोप्न नयाँ शक्तिको मुखुण्डो लगाएका छन्ः ओली

भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध अघि बढौं : रवि लामिछान

गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः सभापति थापा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३.
    आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ६.
    रास्वपाको भैरहवामा हुने चुनावी सभा स्थगित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.