काठमाडौं, असार २८
नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका छन् ।
कांग्रेस-एमालेले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेका छन् ।