काठमाडौँ, असार २८
काठमाडौँको दक्षिणकालीस्थित थाई गुम्बा नजिकैको पर्खाल भत्किएर पुरिँदा सोही गुम्बामा बस्ने एक बालिकाको मृत्यु भएको। अन्य ५ बालिका गम्भीर घाइते भएका छन्।
आज अपरह्न पुरिएको जानकारी पाउनेवित्तिकै फर्पिङबाट गएको प्रहरी निरीक्षकसहितको टोली र स्थानीयको प्रयासमा उनीहरुको उद्धार गरिएका हो।
उद्धार गरिएका ५ जनाको भने अहिले वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।