२५ जेठ, काठमाडौं ।
एनसेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको रिटको पूर्ण सुनुवाइका लागि २९ जेठमा पेसी तोकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र सुनिलकुमार पोखरेलको इजलासले रिटमा पूर्ण सुनुवाइका लागि पेसी तोक्न भनेको हो ।
एनसेल आजियाटाका तर्फबाट प्रमुख कानुन, नियमन र कर्पोरेट अधिकृत रमेश घिमिरेले दायर गरेको रिटमा विपक्षी बनाइएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसहितको जवाफ आइसकेको भन्दै रिटलाई पूर्ण इजलासका लागि पेसी तोक्न आदेश भएको हो ।