काठमाडौँ, २५ जेठ
नक्सालस्थित बालमन्दिरको जग्गा प्रकरणमा बाल संगठन तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन् ।
शुक्रबार काठमाडौंबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।
बालमन्दिरको ११९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनीभन्दा बढी जग्गा भाडामा दिँदा अनियमितता गरेको आरोप छ ।
श्रेष्ठसहित २० जनालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले गएको वैशाख २७ गते अनुमति दिएको थियो । यो प्रकरणमा पक्राउ पर्ने श्रेष्ठ पहिलो व्यक्ति हुन् ।