पर्सा, जेठ २३
हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको विहार राज्य पूर्वीचम्पारण रक्सौलका २९ वर्षीय बबलुराज रौनियार रहेका छन् ।
उनलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बाइपासस्थित सडक खण्डबाट पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट ५ लाख ९० हजार नेपाली रुपैयाँसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक भारतीले जानकारी दिए ।
डीएसपी भारतीका अनुसार पैदल हिँडिरहेका रौनियारले बोकेको कालो ब्यागमा उक्त परिमाणको रकम बरामद भएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार