जनकपुरधाम, वैशाख ११
जनकपुरको एक होटलमा पुरूष र महिला मृत फेला परेका छन्।
रामानन्द चोकस्थित होटल होलीडे एण्ड गेष्ट हाउसमा उनीहरू मृत फेला परेको प्रहरीले जनाएको छ।
महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ३ का ३१ वर्षीय हितेन्द्र पासवान र लोहारपट्टी नगरपालिका वडा नम्बर ४ खट्टाकी करिब २५ वर्षीया प्रियंका कापर मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।
उनीहरू पासोमा झुण्डिएको अवस्थामा मंगलबार बिहान करिब ११ बजेतिर फेला परेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार