काठमाडाैं बैशाख ११,
नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् ।
त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा पौडेलले थानीलाई स्वागत गरेका हुन् ।
थानीलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसहितका उच्च अधिकारी एयरपोर्ट पुगेका थिए ।