• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शुक्रबार, भदौ २७, २०८२
☰
शुक्रबार, भदौ २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को मौका परीक्षा स्थगित

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

लोकप्रिय समाचार

  • १. आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • ३. मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ४. विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ५. श्रीलंकामा बस दुर्घटना : हजार फिटभन्दा गहिरो खाडलमा खस्दा १५ जनाको मृत्यु

  • ६. सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ७. रुपन्देही-३ उपचुनाव : टिकट वितरणमा फरक शैली अपनाउँदै कांग्रेस

  • ८. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ९. चितवनको चुम्लिङटारमा बोलेरो दुर्घटनाः २३ जना घाइते

  • १०. रवि लामिछाने रहेको नख्खु कारागार अगाडि नाराबाजी

यी हुन् एमाले परिषद् बैठकबाट पारित प्रस्ताव

काठमाडौँ, ९ वैशाख :

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरमा आज सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपमा अझ एकताबद्ध र सुदृढ बनाउँदै निर्णायक राष्ट्रिय शक्ति निर्माणमा योगदान गर्न कार्यकर्ता पङ्तिलाई आह्वान गरेको छ ।

बैठकबाट पारित १४ बुँदामा विभिन्न समसामयिक प्रस्तावमा उक्त आह्वान गरिएको हो । बैठकले गत फागुन २१ गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा, जसपा र नेकपा (एस) का बीचमा बनेको नयाँ समीकरणको निर्माण गर्ने समझदारी गर्दै नयाँ सत्ता सहकार्य प्रारम्भ भएकोमा सन्तुष्टि व्यक्त गर्दै यस सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

“पाँच दलले जारी गरेको न्यूनतम् नीतिगत प्राथमिकता र साझा सङ्कल्पले आजका मुख्य समस्यालाई संवोधन गर्न र अगाडिका लागि मार्गदर्शन गर्न सक्ने निष्कर्षका साथ यसको पूर्ण, तालिकाबद्ध र प्रभावकारी कार्यान्वयनका लागि आग्रह गर्दछ ।” पारित प्रस्तावमा भनिएको छ, “यस सहकार्यलाई कमजोर गर्ने कुनै पनि काम नगर्न, मुलुकलाई थप अस्थिरता र अन्यौलतर्फ धकेल्ने कामप्रति सजग रहन र राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पार्ने काम कतैबाट पनि हुन नदिन सत्ता समीकरणका सबै राजनीतिक दललाई आह्वान गर्दछ ।”

पारित प्रस्तावमा केही वर्षयता गहिरिएको आर्थिक मन्दी, भ्रष्टाचार र कुशासन, राज्यसञ्चालनमा व्याप्त बेथिति एवं मूल्यमान्यताहरुको भयावह स्खलनका कारणले समाजमा चौतर्फी निराशा बढेको उल्लेख गर्दै रोजगारीको अभाव र भविष्यप्रतिको अन्यौलले युवाहरुको विदेश गमन बढेकाले यस्तो स्थितिले समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षाको मार्गमा थप चुनौती पैदा गरेको निचोड निकालिएको छ ।

बैठकले आर्थिक शिथिलता अन्त्य गर्दै अर्थतन्त्रलाई चलायमान गर्न, निजी क्षेत्रले भोग्नु परेका समस्याको तत्काल समाधान गर्दै व्यवसायीमा आत्मविश्वास र भरोसा जागृत गर्न, युवाहरुमा यो देश बन्छ र देश हामीले नै बनाउँछौँ भन्ने सकारात्मक उर्जा र मनोबल पैदा गर्न विशेष योजना निर्माण गरी अगाडि बढ्न वर्तमान सरकारलाई आह्वान गरेको छ ।

यस्तै भ्रष्टाचार, अनियमितता, तस्करी र अवैध स्रोतको सञ्चयन, सार्वजनिक सम्पत्तिको दोहन तथा राज्यकोषको अपचलनले समग्र राज्यलाई नै सङ्क्रमित तुल्याएको छ । भ्रष्टहरु दण्डित नहुँदा समाजमै प्रदूषण फैलिएको जनाउँदै बैठकले भ्रष्टाचारविरुद्ध सम्झौताहीन ढङ्गले प्रस्तुत हुन, यसका विरुद्ध जेहाद छेड्न र कानुनका नजरमा सबै बराबर छन् भन्ने कुरा व्यवहारबाटै प्रमाणित गर्न सरकारसँग माग गरेको छ । बैठकपछि महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तिमा भ्रष्टाचारविरुद्धको अभियानमा पार्टी विना मोलाहिजा प्रस्तुत हुने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

सहकारी र लघुवित्तका ऋणी समस्यामा परेका र मिटरब्याज पीडितका समस्या पूर्ण रुपले समाधान नभएकाले बैठकले केही सहकारीमा पैदा भएका यस प्रकारका गंभीर समस्या र सर्वसाधारणको रकम अपचलनका गम्भीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा ल्याउन र बचतकर्ताको रकम सुरक्षित फिर्ता गराउन सरकारसँग माग गरिएको छ ।

पारित प्रस्तावमा दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेकाले दैनिक ज्यालादारी गरेर खानु पर्ने र न्यून आय भएका सर्वसाधारणको जीवन यसबाट प्रभावित भएको छ जनाउँदै नियोजित ढङ्गले बढाइएको महङ्गी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न, कतिपय वस्तु र सेवामा रहेको एकाधिकार अन्त्य गर्न र सुलभ पसल लगायतका माध्यमबाट सर्वसाधारण नागरिकलाई सहुलियत दरले दैनिक उपभोग्य वस्तु उपलव्ध गराउने प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गरिएको छ ।

यही वैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार भएकालाई जिताउन आग्रह पनि गरिएको छ । बैठकले हालै वनडढेलो र आगलागीले गुल्मी, अर्घाखाँची, रुपन्देही, नवलपरासी, डोल्पा, पाल्पा, स्याङ्जा कैलाली लगायत मुलुकका धेरै भूभागमा ठूलो क्षति पु¥याएकोमा दुःख व्यक्त गर्दैै विपद् व्यवस्थापनको प्रभावकारी प्रतिकार्यका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकबाट रुस–युक्रेन युद्ध निरन्तर लम्बिइरहेको यसले मानवीय सङ्कट बढाइरहेको, खाद्यान्न तथा इन्धनको आपूर्ति शृङ्खलामा असर पारेको, विश्व अर्थतन्त्रमै प्रतिकूल प्रभाव बढेको तथा क्षेत्रीय द्वन्द्वको जोखिम समेत बढाएकोमा चासो व्यक्त गर्दै तत्काल युद्धविराम गर्दै युद्धको अन्त्य गर्न्, दुवै देश आफ्ना सार्वभौम सीमाभित्र शान्तिपूर्ण रुपमा रहने कुराको सुनिश्चितता गर्न र त्यस भूभागलाई शक्ति राष्ट्रहरुको बल प्रदर्शनको थलो र क्षेत्रीय द्वन्द्वको केन्द्रभाग नबनाउन माग गरिएको छ । यस्तै सो युद्धमा विभिन्न कारणले नेपाली युवा समेत फस्दै गएकोप्रति चिन्ता व्यक्त गरेको छ । रुसी सेनामा गैरकानुनी रुपा भर्ती भई युद्ध मैदानमा पुगेका युवालाई कुटनीतिक माध्यमबाट फिर्ता गराउन र युक्रेनी सेनाको बन्धक बनेकालाई तत्काल रिहा गराउन आवश्यक पहलका लागि सरकारसँग माग गरिएको छ ।

हमास लडाकू र इजरायलबीचको आक्रमण र प्रत्याक्रमणमा संयुक्त राष्ट्र सङ्घका सहायताकर्मीको हत्या, अस्पतालमाथि बमबारी एवं खाद्यान्न र पानीसमेत वितरण अवरुद्ध गर्ने अमानवीय कामहरु भएकाले तथा गाजा क्षेत्र भोकमरी, अभाव र मानवीय सङ्कटमा डुबेकाले क्षेत्रीय युद्धको आशङ्का बढेकामा एमालेले चिन्ता व्यक्त गरेको छ ।

“हामी जुनसुकै स्वरुप, आवरण र नाममा गरिने आतङ्कवादी क्रियाकलापको दृढ विरोध गर्दछौं । प्यालेस्टाइनी जनताको स्वतन्त्र र सार्वभौम राज्यको मागप्रति दृढ समर्थन गर्दछौं । स्वीकृत अन्तर्राष्ट्रिय सीमाभित्र इजरायल र प्यालेस्टाइन शान्तिपूर्वक रहन पाउनु पर्छ भन्ने संयुक्त राष्ट्र सङ्घको ‘दुई राज्य समाधान’ को प्रस्तावलाई समर्थन गर्छौं ।”, एमालेको प्रस्तावमा भनिएको छ, “त्यस क्षेत्रमा तत्काल युद्धविराम गर्न, नेपाली युवा विपिन जोशीसहित सबै बन्धक रिहा गर्न, मानवीय सहायताको आपूर्तिलाई निर्वाध सञ्चालन गर्न र हत्याहिंसाको अमानवीय शृङ्खला तत्काल अन्त्य गर्न माग गर्दछौं ।”

बैठकले म्यानमारका जनताले लोकतन्त्रको प्राप्तिका लागि गरेको बलिदानीपूर्ण संघर्षप्रति एकबद्धता प्रकट गर्दै म्यान्मारमा लोकतन्त्रको तत्काल पुनःस्थापना हुने विश्वास व्यक्त गरेको छ ।

प्रतिवेदनहरु सर्वसम्मत पारित

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नुभएको साङ्गठानिक प्रतिवेदन सर्वसम्मत रूपमो पारित भएको छ । त्यसैगरी, केन्द्रीय निकायहरू सल्लाहकार परिषद्, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका प्रतिवेदनहरू पारित भएका छन् ।

बैठकको पहिलो दिन प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए भने आज दोस्रो दिन छ वटा समूहमा प्रतिवेदनहरू र पार्टीको सङ्गठन सुदृढीकरणसम्बन्धी विषयमा छलफल गरी सुझाव सङ्कलन गरिएको थियो । आजको बैठकमा पार्टीले सम्पन्न गरेको झुलाघाट–चिवाभञ्ज्याङ ः समृद्धिका लागि सङ्कल्प यात्रा विशेषका रूपमा प्रकाशित ‘नवयुग’ विशेष अङ्क र सोही यात्राका महत्वपूर्ण तस्वीरहरूको सङ्गालो ‘मुहार फेर्ने यात्रा’ विमोचन गरिएको थियो ।

बैठकको दोस्रो दिनको अध्यक्षता गर्नुभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठकको समापन गर्दै एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न पार्टीलाई योजनाबद्ध ढङ्गले अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । उहाँले परिषद् बैठकका निर्णय, निष्कर्ष र पारित प्रस्तावका आधारमा पार्टी अगाडि बढ्ने उद्घोष गर्नुभयो ।

Chitwan Aaja चितवन आज
आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुन: छलफल
सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने मध्यरातमा सहमति
सेनाको सुरक्षामा रहेका शीर्ष नेताहरूमाथि अघोषित नजरबन्द, सेनाले मध्यरातसम्म बाेल्ड निर्णय लिने संकेत

ताजा समाचार

सबै

अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुन: छलफल

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने मध्यरातमा सहमति

सेनाको सुरक्षामा रहेका शीर्ष नेताहरूमाथि अघोषित नजरबन्द, सेनाले मध्यरातसम्म बाेल्ड निर्णय लिने संकेत

संविधान, गणतन्त्र, लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग सम्झौता हुँदैनः रास्वपा

चितवनमा दिउँसो निषेधाज्ञा, बेलुकी ८ बजेदेखि बिहान ६ बजे सम्म कर्फ्यू

नवलपरासी कारागारबाट भागेका कैदीलाई फर्किन स्थानीय प्रशासनको निर्देशन

भागेका १६६ कैन्दीबन्दी सुरक्षाकर्मीको नियन्त्रणमा

संवैधानिक प्रबन्ध अनुसार निकासको पहल गर्न पूर्वराष्ट्रपति भण्डारीको अपील

रामकुमारीको प्रस्ताव : पूर्व प्रधानमन्त्रीहरूलाई सक्रिय राजनीतिबाट बिदा दिऔं

सर्वोच्च अदालत आगामी साताबाट आंशिक रुपले चल्ने

नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ

संवैधानिक दायरा भित्रबाटै समस्याको समाधान खोज्न राष्ट्रपतिको अपिल

मनसुनी वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भीड

देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते

सुशीला कार्कीलाई बालेनको समर्थन

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • ३.
    मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ४.
    विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ५.
    श्रीलंकामा बस दुर्घटना : हजार फिटभन्दा गहिरो खाडलमा खस्दा १५ जनाको मृत्यु

  • ६.
    सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.