६ वैशाख, काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद भएको छ ।
दिल्लीबाट बुधबार आएको इन्डिगो एयरलाइन्सको सिटमा १ किलो ७० ग्राम सुन बरामद भएको विमानस्थलका एसएसपी कृष्णहरि शर्मा पोखरेलले बताए ।
इन्डिगो एयरको सिट नम्बर २७ चार्लीको पछाडि, २८ चार्लीको अगाडि रहेको सिटमा भएको पकेट (खल्ती) को तलपट्टी बेवारिसे अवस्थामा कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सुन फेला परेको हो।
त्यसमा तीन वटा सिक्री, ६ वटा आयातकार टुक्रा (एउटा सानो र पाँच वटा ठूला बिस्किट), त्रिभुज आकारका दुई वटा टुक्रा र दुई वटा सिक्री जोड्ने रिङ फेला परेको हो।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार