बिर्तामोड, ४ वैशाख
नक्कली सुन दिएर ६० हजार रूपैयाँ ठगी एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत सिलिगुडी बस्ने ५४ वर्षीय शेर बहादुर गिरी रहेका छन् । गिरीलाई सोमबार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
बिर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित बुद्धशन्ति गाउँपालिका-२ बस्ने ४५ वर्षीया महिलालाई गिरीले आफूसँग काँचो सुन छ, ६० हजारमा दिन्छु भनी ललाई फकाई गरेर महिलाको साथबाट उक्त रकम लिएका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।