काठमाडाैं बैशाख ३,
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको मृत्यु भएको छ । राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
चैत २७ गतेको प्रदर्शनको क्रममा प्रहरीको अश्रुग्यास प्रहारबाट उनी घाइते भएका थिए । अश्रुग्यास प्रहारबाट उनको टाउको र श्वासप्रस्वासमा समस्या देखिएको थियो ।
डाँगीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलिका लागि १२ बजे राप्रपा केन्द्रीय कार्यालयमा राखिने राप्रपा नेता बुद्धिमान तामाङले जानकारी दिए ।