Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, माघ २९, २०८२
☰
Logo बिहिबार, माघ २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहाेस् आजको राशिफल

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान

  • ४. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ५. महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ

  • ६. काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँः सभापति थापा

  • ७. भरतपुरमा अर्को सडक दुर्घटनाः एक जनाको मृत्यु ,एक जना घाइते

  • ८. रास्वपा सभापति लामिछाने सहभागी हुने कार्यक्रममा निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको निर्देशन

  • ९. महाशिवरात्रिको तयारी पूरा, ४० लाख खर्च लाग्ने

  • १०. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

चैतेदसैँ: बागलुङ कालिका मन्दिरमा धार्मिक पर्यटकको घुइँचो, आँटेको पुग्ने जनविश्वास

बागलुङ, २९ चैत
चैतेदसैँ सुरु भएसँगै कालिका मन्दिरमा भक्तजनको घुइँचो बढ्न थालेको छ । चैतेदसैँमा कालिका मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।

मङ्गलबारदेखि नवरात्र सुरु भएको छ । चैतेदैसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजाउपासना गरिन्छ । चैतेदसैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजनहरु आउने गर्दछन् ।

चैतको नवरात्रमा पनि बागलुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास रहेको छ । गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रुपमा रहेको यहाँस्थित कालिका मन्दिरमा चैतेदसैँ सुरु भएपछि भक्तजनको घुइँचो लाग्न थालेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

“आज चैतेदसैँको तेस्रो दिन हो । बिहानै एक हजार दुई सय जना मन्दिर परिसरमा भक्तजन हुनुहुन्थ्यो । चैतेदसैँमा यस मन्दिरको सबैभन्दा बढी धार्मिक पर्यटक आउने गर्दछन्, त्यसपछि वडादसैँमा बढी घुइँचो हुन्छ”, खड्काले भन्नुभयो, “यहाँ यही चैत ३० गतेदेखि ऐतिहासिक चैतेदसैँ मेलासमेत आयोजना गरिएको छ । भक्तजनको चापलाई मध्यनजर गरेर सवारी पार्किङ, सुरक्षालगायतको व्यवस्था मिलाइएको छ ।”

उहाँका अनुसार मन्दिरलाई सजाइएको छ भने सत्तल, मठ र अन्य स–साना मन्दिरसमेत चिटिक्क पारिएको छ । मेला हेर्न र मन्दिरको दर्शन गर्न आउने गरी करिब पाँच लाख धार्मिक पर्यटक बागलुङ भित्र्याउने गुठीको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

चैतेदसैँका समयमा बागलुङ कालिका मन्दिरमा पूजाआजा गर्नका लागि नेपालसँगै छिमेकी मुलुक भारतबाटसमेत धार्मिक पर्यटक आउने गर्दछन् । मन्दिरमा चैतेदसैँ र वडादसैँमा विशेष पूजाआजा हुने भएकाले यही समयमा धेरै भक्तजनको घुइँचो लाग्ने गरेको छ । उक्त मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ ।

चैतेदसैँका अवसरमा लाग्ने तीन सय वर्ष पुरानो मेला नजिकिएसँगै आयोजकले मेलाको तयारी अन्तिम चरणमा पु¥याएको छ । चैत ३० गतेदेखि आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुने उक्त मेलामा नयाँ वर्षको कार्यक्रमलाई समेत समेटिएको छ । मन्दिर परिसरमा लाग्दै आएको मेलाको तयारीलाई अन्तिम चरणमा पु¥याइएको गुठी व्यवस्थापन समितिले जनाएको छ ।

‘गन्तव्य बागलुङ कालिका ः कला र संस्कृतिको प्रवर्द्धन–स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ यस वर्षको चैतेदसैँ मेला आयोजना गरिएको हो ।

मेलाको मुख्य आकर्षणका रुपमा यसपटक खुला राष्ट्रिय लोकदोहरी प्रतियोगिता, खुला राष्ट्रिय भलिबल प्रतियोगिता रहेका समितिका अध्यक्ष खड्काले जानकारी दिनुभयो । मेलामा स्थानीय कलासंस्कृति झल्कने झाँकीसमेत प्रदर्शनको व्यवस्था मिलाइएको बताउँदै उहाँले स्थानीय सामग्री डोको, नाङ्लो ठेका, डालालगायतको व्यापारलाई निःशुल्क स्टल उपलव्ध गराइएको जानकारी दिनुभयो ।

“मेलाको इतिहासमै सबैभन्दा बढी लोकदोहरी प्रतियोगिताको समूह दर्ता भइसकेको छ । ३४ समूह प्रतिस्पर्धामा आउने भनेको हाम्रा लागि ठूलो गौरवको कुरा हो, दोहोरीको पुरस्कार राशि रू दुई लाख राखेका छौँ”, खड्काले भन्नुभयो, “खुला राष्ट्रिय भलिबलमा विभागीय टिमसहित १२ समूह प्रतिस्पर्धाका लागि दर्ता भइसकेका छन् । नयाँ वर्ष २०८१ साललाई स्वागत गर्नका लागि अघिल्लो रात १२ बजेसम्म सांस्कृतिक कार्यक्रम गरिनेछ ।”

लोकदोहोरी प्रतियोगितामा प्रथम हुनेलाई रू दुई लाख, र द्वितीयलाई रू एक लाख, तृतीय हुनेलाई रू ५० हजार र उत्कृष्ट स्वर हुने महिला र पुरूष तथा उत्कृष्ट वेषभूषा महिला र पुरूषलाई रू पाँच/पाँच हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

ऐतिहासिक चैतेदसैँको दोस्रो आकर्षणका रुपमा कालिका कप खुला भलिबल प्रतियोगिता आयोजना गरिएको छ । गुठी व्यवस्थापन समितिको आयोजनामा रू तीन लाख पुरस्कार राशिको उक्त प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा द्वितीय हुनेले रू एक लाख ५० हजार र तृतीय हुनेले रू एक लाख पाउने छन् । सर्वोत्कृष्ट र अनुशासित खेलाडीलाई रू पाँच/पाँच हजार पुरस्कार प्रदान गरिने खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार खेलाडीलाई आवास र भत्ताकोसमेत व्यवस्था गरिएको छ ।

सात दिनसम्म सञ्चालन हुने मेलामा पाँच लाख धार्मिक पर्यटक भित्रिने र रू एक करोडभन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य लिइएको छ । साथै मावि (कक्षा १० सम्म) स्तरीय सामूहिक नृत्य, छेलोलगायतका प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । -राष्ट्रिय समाचार समिति (रासस)

Chitwan Aaja चितवन आज
बिहिबार, चैत २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चक्कु प्रहार गरेर किशोरको हत्या
बागलुङ बजारमा स्कूल बस दुर्घटनामा २३ विद्यार्थी घाइते
बसको ढोकाबाट खसेर बैतडीमा एक जानको मृत्यु

ताजा समाचार

सबै

चक्कु प्रहार गरेर किशोरको हत्या

बागलुङ बजारमा स्कूल बस दुर्घटनामा २३ विद्यार्थी घाइते

बसको ढोकाबाट खसेर बैतडीमा एक जानको मृत्यु

आइसिसी टी-२० विश्वकप: नेपालमाथि इटालीको ऐतिहासिक जित

यस वर्ष रासायनिक मल कम आयात हुने

दक्ष प्रहरी जनशक्ति उत्पादनमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको महत्वपूर्ण भूमिका छ: प्रहरी महानिरीक्षक

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ सकियो

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

चितवन राष्ट्रिय गाई प्रदर्शनी, कामना कृषि फर्मको गाई सर्वोत्कृष्ट

चुनावी प्रचारप्रसारका लागि ‘डिजिटल प्लेटफर्म’ उपयोगी बन्दै

राष्ट्रपतिले गरे राष्ट्रियसभाको अधिवेशन अन्त्य

एकमहिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु

१०० रुपैयाँले सुनको मूल्य घट्दा चाँदीको बढ्यो

भरतपुरमा अर्को सडक दुर्घटनाः एक जनाको मृत्यु ,एक जना घाइते

विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहाेस् आजको राशिफल

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान

  • ४.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ५.
    महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ

  • ६.
    काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँः सभापति थापा

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.