२८ चैत, काठमाडौं-
यस वर्ष भएको उत्पादनतर्फ पहिलो चरणको कोरियाली भाषा परीक्षामा ६ हजार ३२१ जना उत्तीर्ण भएका छन्।
रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका अनुसार पहिलो चरणको परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए।
परीक्षा गत फागुन ७ गतेदेखि चैत २४ गतेसम्म भएको थियो।
सिप परीक्षण आगामी ९ वैशाखदेखि १५ वैशाखसम्म सञ्चालन हुनेछ । पास भएका परीक्षार्थीलाई पासपोर्ट र प्रवेशपत्रसहित तोकिएकै तिमि, स्थान र समयममा उपस्थित हुन ईपीएस कोरिया शाखाले सूचित गरेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार