काठमाडाैं चैत २८
राष्ट्रियसभा उपाध्यक्षमा नेकपा (एमाले) की सांसद विमला घिमिरे निर्वाचित भएकी छन् । बुधबारको राष्ट्रियसभा बैठकमा भएको मतविभाजनबाट उनी निर्वाचित भएकी हुन् ।
आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घिमिरे राष्ट्रिय सभा उपाध्यक्षमा विजयी बनेको घोषणा गरेका हुन् ।
उनको पक्षमा ३९ र विपक्षमा १६ मत परेको थियो ।
आजको राष्ट्रिय सभा बैठकमा ५५ सांसद उपस्थित थिए ।
उपाध्यक्षमा निर्वाचित घिमिरेलाई राष्ट्रिय सभाका अध्यक्ष दाहालले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








