इलाम, २४ चैत
इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनका निम्ति नेपाली कांग्रेसका तर्फबाट डम्बर खड्काले उमेदवारी दर्ता गराएका छन् । उनी पार्टीको जिल्ला सभापति र गएको निर्वाचनमा सुवासचन्द्र नेम्वाङसँग पराजित नेता हुन् ।
उपनिर्वाचनका निम्ति इलाम–२ मा नेकपा (एमाले)का तर्फबाट सुहाङ नेम्वाङले उमेदवारी दर्ता गराएका छन् । सुहाङलाई नेकपा (माओवादी केन्द्र)ले पनि सहयोग गर्ने निर्णय गरिसकेको छ ।
इलाम–२ मा सुवास नेम्वाङको निधनपश्चात् रिक्त पदमा उपनिर्वाचन गर्न लागिएको हो । आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।








