इलाम, २४ चैत
इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनका निम्ति नेकपा (एमाले)का तर्फबाट सुहाङ नेम्वाङले उमेदवारी दर्ता गराएका छन् ।
सुहाङ स्व. सुवासचन्द्र नेम्वाङका छोरा हुन् । उनै सुवासको निधनपश्चात् इलाम–२ मा उपनिर्वाचन गर्न लागिएको हो । उपनिर्वाचन आउँदो वैशाख १५ गते हुनेछ ।
सुहाङलाई नेकपा (माओवादी केन्द्र)ले पनि सहयोग गर्ने निर्णय गरिसकेको छ ।








