Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, फागुन ०१, २०८२
☰
Logo शुक्रबार, फागुन ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहाेस् आजको राशिफल

  • २. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३. भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान

  • ४. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ५. महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ

  • ६. काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँः सभापति थापा

  • ७. रास्वपा सभापति लामिछाने सहभागी हुने कार्यक्रममा निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको निर्देशन

  • ८. भरतपुरमा अर्को सडक दुर्घटनाः एक जनाको मृत्यु ,एक जना घाइते

  • ९. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • १०. महाशिवरात्रिको तयारी पूरा, ४० लाख खर्च लाग्ने

प्रतिनिधिसभाः हेलिकप्टरमा जन्ती जाने संस्कृतिको अन्त्यको माग

काठमाडौँ २१ चैत
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले विवाह समारोहको विकृतिदेखि सडक, स्वास्थ्य, शिक्षा, कृषि र किसानका समस्यालगायत जनसरोकारसँग जोडिएका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद मनिष झाले तराई-मधेससहित देशका विभिन्न स्थानमा वैवाहिक समारोह संस्कृतिभन्दा पनि तडकभडक विकृत संस्कृतिका रुपमा विकास भइरहेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले फिल्मी शैलीमा हेलिकप्टरमा जन्ती लैजाने गतिविधिले सामाजिक रुपमा आर्थिक दायित्व बढ्नुका साथै गाउँ बस्तीमा हेलिकप्टरको हावाले घरहरुमा क्षति पुर्‍याउने गरेको बताउनुभयो ।

उहाँले विवाहका नाममा हल्दी, मेहन्दीजस्ता गतिविधिले दुलहीको माइतीमा आर्थिक दायित्व बढ्ने गरेको, गाउँबस्तीमा हेलिप्याड पनि नहुने भएकाले उडान सुरक्षामा समेत चुनौती थपिएकाले यसप्रकारका गतिविधिलाई तत्काल रोक्न आग्रह गर्नुभयो ।

किसानलाई समयमै दूधको भुक्तानी दिइयोस्
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानहरुले लामो समयदेखि दूधको मूल्य नपाइरहेको भन्दै उनीहरुलाई समयमै भुक्तानी गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँका अनुसार देशभरीका दूध उत्पादक किसानको रु पाँच अर्ब भुक्तानी गर्नुपर्ने र मकवानपुरका किसानलाई मात्रै रु ६० करोडभन्दा बढी भुक्तानी गर्नुपर्ने दायित्व रहेको बताउनुभयो । उहाँले खेतिपातीको सिजन सुरु भइसकेकाले किसानलाई सहज रुपमा मल उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद माधव सापकोटाले अरनिको राजमार्ग अन्तर्गत जुरे पहिरोदेखि तातोपानी लिपिङसम्मको सडकखण्डको यात्रा कष्टकर रहेको र बर्खामा त झनै कष्टकर हुने भन्दै सडक मर्मत अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले सरकारले दूध उत्पादन किसानलाई चाँडो भुक्तानी गर्न माग गर्नुभयो ।

सांसद विमला सुवेदीले वीर अस्पतालको उपचार सेवा चुस्त र प्रभावकारी बनाउन माग गर्नुभयो । गरिब र निमुखा जनताको उपचार गर्ने अस्पतालका रुपमा स्थापित वीर अस्पतालमा बिरामीले शय्या नपाएर उपचारमा सास्ती बोहर्नुपरेको, आकस्मिक कोठा गोदाममा बदलिएको तथा जनशक्तिको अभावका कारण सघन र अतिसघन कोठको क्षमता घटाएको पाइएको भन्दै नागरिकको उपचारलाई सहज र सुलभ बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद बुद्धिमान तामाङले काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य सडक खण्ड नागढुङ्गा–नौबीसे सडकखण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी भइरहेको सडक बिस्तार अव्यवस्थित भएको बताउनुभयो । उहाँले सो क्षेत्र आसपासका नागरिकको जनजीवन कष्टकर बनिरहेको भन्दै सडक बिस्तार चाँडो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भीमप्रसाद आचार्यले हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी–२ का रविन खड्का, बहारक्षेत्र–५ का भीमबहादुर बिष्ट, रामधुनी–७ लगायत अन्य जिल्लाका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्नुभयो । उहाँले हात्तीको आक्रमणबाट जोगाउन प्रभावकारी उपाय अपनाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मानवीर राईले सोलुखुम्बु जिल्लामा विद्युत् प्रसारण लाइन निर्माणमा ढिलाइ भइरहेको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभयो । सांसद बिना तामाङले भूमि आयोगको पुनःगठन कहिले हुन्छ भनी प्रश्न गर्दै अव्यवस्थित सुकुम्बासी र मोही किसानले जमिनमाथिको भोकाधिकार गर्न पाउने अधिकारको सुनिश्चित गर्न माग गर्नुभयो ।

सांसद मुक्ताकुमारी यादवले परीक्षार्थीले नतिजा कुरिरहेका बेला उत्तरपुस्तिका हराएकाले पुनःपरीक्षा पुनःदिनुपर्ने भन्दै त्रिभुवन विश्वविद्यालयको निर्देशन विद्यार्थीको भविष्यमाथिको खेलबाड हो भन्दै जिम्मेवार अधिकारीलाई कारबाही गर्न माग गर्नुभयो ।

सांसद मेटमणि चौधरीले घोराही उपमहानगरपालिकास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक सात सयदेखि आठ सय बिरामीको उपचार भइरहेको तर, स्वास्थ्य बीमा बोर्डले गत साउनदेखिको रु १० करोड ५० लाख भुक्तानी नगरेकाले प्रतिष्ठान बन्द हुने अवस्था रहेको भन्दै समस्या समाधानका लागि आग्रह गर्नुभयो । उहाँले प्रतिष्ठानको भौतिक संरचनासम्बन्धी रु चार अर्ब ५० करोडको गुरुयोजना रोकिएको भन्दै उक्त समस्या तत्काल सम्बोधन गर्न पनि माग गर्नुभयो ।

सांसद मेनकाकुमारी पोखरेलले किसानले रासायनिक मलको अभावले खेती गर्न नपाइरहेको भन्दै समयमै मल र बिउको व्यवस्था गर्न सरकार समक्ष माग गर्नुभयो ।

सांसद मैना कार्कीले जाजरकोट भूकम्पपीडितले अझै पनि राहत र क्षतिपूर्ति नपाएको भन्दै उनीहरुलाई अस्थायी आवास र राहतको प्रवन्ध गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद योगेन्द्र मण्डलले मोरङको रङ्गेली हुलाक सडक अलपत्र अवस्थामा रहेको र स्थानीयले निकै सास्ती बेहोरिरहेको भन्दै उक्त सडक चाँडो निर्माण गर्न माग गर्नुभयो ।

सांसद रघुजी पन्तले काठमाडौँको जुद्धोदय स्कुलको जीर्ण भवनको पुनःनिर्माण गर्न, जग्गाको संरक्षण र दुरुपयोग भएको सम्पत्तिको छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रणकुमारी बलम्पाकी मगरले देशमा बढ्दो लैङ्गिक विभेद र सामाजिक हिंसाका घटना बढिरहेको, सामाजिक र साइबर अपराधलगायतका घटनाले देशमा दण्डहीनता मौलाएको भन्दै यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रणेन्द्र बरालीले काठमाडौँ विश्वविद्यालयले ग्रीन हाइड्रोजन उत्पादन गरेर वैकल्पिक ऊर्जा उत्पादनमा ठूलो सफलता हासिल गरेको भन्दै उक्त परियोजनालाई आवश्यक लगानी र थप विज्ञको व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रञ्जुकुमारी झाले बालबालिकमा अटिजम (बालबालिकामा देखिने फरक किसिमको व्यवहार) को प्रकोप बढेको भन्दै यसको जोखिम नियन्त्रण गर्न सचेतना अभिवृद्धि गर्न माग गर्नुभयो ।

सांसद राजेन्द्र बजगाईले सहकारी ठगीमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो । सांसद रामहरि खतिवडाले गृहमन्त्रालयमा पिएसओको आतङ्क बढिरहेको भन्दै उनीहरुको वृत्तिविकास पारदर्शी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरु राजु थापा, राजेन्द्रकुमार केसी, रामकुमार राई, रामकृष्ण यादव, रामनाथ अधिकारी, रामशङ्कर यादव, रुक्मणी राना बराईली, रुपा बिक, रुपा सोशी (चौधरी), रेखा यादव, रोसन कार्की, लालप्रसाद साँवा लिम्बु, लिलादेवी बोखिम (लिम्बु) लगायतले जनसरोकारका विषयमा सदनको ध्यानाकर्षण गराउनुभएको थियो । -राष्ट्रिय समाचार समिति (रासस)

Chitwan Aaja चितवन आज
बुधबार, चैत २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
आइतबारसम्म मतपत्र छपाइ सकिने
भरतपुरबाट जहाजले इन्धन भर्ने व्यवस्था गरिँदै , काठमाडौंँ र पोखरा उडान गर्ने जहाजले आगामी साताबाट इन्धन भर्न पाउने
सुनको मूल्य ३ हजारले घट्यो , कतिमा हुदैँछ कारोबार ?

ताजा समाचार

सबै

आइतबारसम्म मतपत्र छपाइ सकिने

भरतपुरबाट जहाजले इन्धन भर्ने व्यवस्था गरिँदै , काठमाडौंँ र पोखरा उडान गर्ने जहाजले आगामी साताबाट इन्धन भर्न पाउने

सुनको मूल्य ३ हजारले घट्यो , कतिमा हुदैँछ कारोबार ?

ठगीको अभियोगमा तीन जना पक्राउ

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

चक्कु प्रहार गरेर किशोरको हत्या

बागलुङ बजारमा स्कूल बस दुर्घटनामा २३ विद्यार्थी घाइते

बसको ढोकाबाट खसेर बैतडीमा एक जानको मृत्यु

आइसिसी टी-२० विश्वकप: नेपालमाथि इटालीको ऐतिहासिक जित

यस वर्ष रासायनिक मल कम आयात हुने

दक्ष प्रहरी जनशक्ति उत्पादनमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको महत्वपूर्ण भूमिका छ: प्रहरी महानिरीक्षक

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ सकियो

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

चितवन राष्ट्रिय गाई प्रदर्शनी, कामना कृषि फर्मको गाई सर्वोत्कृष्ट

चुनावी प्रचारप्रसारका लागि ‘डिजिटल प्लेटफर्म’ उपयोगी बन्दै

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहाेस् आजको राशिफल

  • २.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३.
    भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान

  • ४.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ५.
    महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ

  • ६.
    काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँः सभापति थापा

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.