तेह्रथुम, २० चैत
श्रीमतीको हत्या गरेको आरोपमा तेह्रथुमबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याङलुङ नगरपालिका ६ सुर्केका ४६ वर्षीय दीपक लिम्बू रहेका छन् ।
श्रीमती ५४ वर्षीया सुवासकुमारी लिम्बूको हत्या गरेको आरोपमा उनलाई सोमवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले श्रीमतीलाई धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








