काठमाडौँ, १९ माघ
अरुण चौधरी पक्राउ परेपछि नेपाली कांग्रेसका सांसद विनोद चौधरीले संसदीय दलको बैठकमा आफूहरुमाथि योजनाबद्ध ढंगले आक्रमण भएको बताएका छन् ।
प्रतिशोध साँधेर सरकारले व्यवसायीलाई तर्साएको आरोप चौधरीले लगाएका छन् । चौधरीले भाई अरुण पक्राउ परेपछि सभापति एवं दलका नेता शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराएका छन् ।
तर, पार्टीले भने उनको ध्यानाकर्षणबारे कुनै निर्णय नगरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
अरुणलाई बिहीबार सीआईबीले बाँसबारी छाला जुत्ताको कारखानाको सरकारी जग्गा व्यक्तिको नाममा ल्याएको विषयमा संलग्न रहेको भन्दै पक्राउ गरेको थियो ।








