काठमाडाैं माघ १९
हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहनेछ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहीबार पश्चिम नेपालमा वर्षा भएको थियो । गएराति पनि पश्चिमका केही ठाउँमा वर्षा भएको थियो ।








