१८ माघ, काठमाडौं ।
सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई हिरासतमा राख्न अनुमति दिएको सीआईबीका एक अधिकृतले बताए ।
अदालतले चौधरीसहित सञ्जय ठाकुर, अजितनारायण थापालाई हिरासतमा राख्न अनुमति दिएको हो । थापा बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष हुने भने ठाकुर सीजी अन्तर्गतको चाँदबागका अध्यक्ष हुन् ।








