गैँडाकोट, १८ माघ
गैँडाकोटमा एक पुरुषले रुखमा झून्डिएर आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा गैँडाकोट नगरपालिका वडा नं. १० पितौजी बस्ने ५० वर्षीय खड्क बहादुर पराजुली रहेका छन् ।
पराजुलीले बुधबार दिँउसो ३ वजे घरदेखि २०० मिटर उत्तरतर्फ जंगलमा नाम्लोको पासो बनाई अम्बाको रुखमा झून्डिएर आत्महत्या गरेका हुन् । उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।