काठमाडौँ, ७ पुस
पोल्याण्ड पठाउँछु भनेर ठगि गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा घर भएर सुर्यबिनायक नगरपालिका–१३ मा बस्ने २५ बर्षिय प्रदिप बुढाथोकी रहेका छन् । उनि बानेश्वरबाट पक्राउ परेका हुन् ।
बुढाथोकीले कल्पना विश्वकर्मालाई पोल्याण्ड पठाउँछु भनेर १ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ । पोल्याण्ड जान सात लाख ५० हजार लाग्ने र त्यहाँ मासिक १ लाख २० हजारको जागिर मिलाइदिन्छु भनेर आरोपीले रकम लिएपछि सम्पर्क विहीन भएका हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मी उनलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।








