स्याङ्जा, ६ पुस
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलका नेताहरूको कारण युवाहरू विदेशिन बाध्य भएको बताएका छन् ।
शुक्रबार स्याङ्जामा आयोजित पार्टीको कार्यक्रममा उनले यस्तो बताएका हुन् । टोलटोलमा पैसाको बिटो बोकेर हिँड्नेलाई आफ्नो पार्टीले टिकेट नदिने समेत बताएका छन् ।
“हामी मिसन ०८४ मा छौं । हामीले व्यक्तिगत लाभको लागि नेता छान्ने होइन, तपाईंहरूले नै योग्य मान्छेलाई छानेर पढाउने हो । टोलटोलमा पैसाको बिटो बोकेर हिँड्ने, विदेशमा भएकाहरूको भोट पनि आफैं हाल्न लगाउनेलाई रास्वपाले टिकट दिँदैन । यहाँबाट चुनाव जितेका नेताहरूको सात पुस्ताले जिते तपाईंहरूको सात पुस्ता हार्नुपर्यो । हामी निरन्तर हार्यौं । त्यसको नतिजा विमानस्थलबाट दिनदिनै बाहिरिनेहरुको तातीले बतायो । त्यो जनताले हारेको संकेत हो,” उनले भने ।








