काठमाडौँ, ३ पुस
ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ ।
मन्त्री क्वार्टर छेउमा रहेको टहरामा आगो लागेको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको क्षति एकिन नभए पनि अहिले आगो नियन्त्रणमा लिइएको छ । बिहान खाना पकाउने क्रममा आगलागी भएको हुनुपर्ने प्रहरीले अनुमान गरेको छ।