काठमाडाैं, पुस ३
चिसो बढेसँगै देशभरका विभिन्न ठाउँको तापक्रम घट्दै गइरहेको छ । काठमाडौं उपत्यकामा समेत चिसो बढेको छ ।
काठमाडौंको तापक्रम घट्दै गएको छ । आज बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५.५ डिग्री सेल्सियस थियो। यो यसवर्षकै सबैभन्दा कम हो ।
काठमाडौंमा आज दिउँसोको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने महाशाखाले जनाएको छ।
बाक्लो हुस्सुका कारण भिजिलिटी कम हुने भएकाले सडक तथा हवाई यातायात सेवा प्रभावित हुनसक्ने सम्भावना रहेको भन्दै महाशाखाले आवश्यक सतर्क हुन भनेको छ ।