काठमाडाैं पुस ३,
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन आजदेखि शुरू हुँदैछ । सम्मेलनको कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित हुने कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले बताए ।
सम्मेलनको उद्घाटन पोखरास्थित सभागृहमा हुने र बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ ।
सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय जना प्रतिनिधिले बन्दसत्रमा भाग लिने पार्टीको गण्डकी प्रदेश प्रचार–प्रसार समितिका उपप्रमुख शिरोमणि बरालले बताए ।