२८ मंसिर, काठमाडौं ।
उपभोक्ताका लागि दैनिक उपभोग्य शक्तिवर्धक पेय पदार्थ दूधको गुणस्तरमा डेरी सञ्चालकहरुले गम्भीर लापरबाही गरेको पाइएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको पछिल्लो एक सातामा गरेको बजार अनुगमनमा उपभोक्ताका लागि बजार पठाइने दूधमा कपाल, माटो र बालुवाका कणहरु पाइएको हो ।
यस्तै उपभोक्ताका लागि म्याद सकिएको दूध पुनः प्याक गरेर बजारमा पठाउने गरेको पाइएको विभागले जनाएको छ ।








