सिरहा, २८ मङ्सिर
सिरहाबाट लागुऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा मिर्चैया नगरपालिका ५ बस्ने १८ वर्षीय रुपेश पासवान र २४ वर्षीय कृष्णाकुमार यादव रहेका छन् ।
इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीको गस्ती टोलीले ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका यादव र पासवानलाई चेकजाँच गर्दा पासवानको खल्तीबाट १ ग्राम ७२ मिलिग्राम ब्राउन सुगरे बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।








