चितवन । मेची महाकाली रक्तदान सम्बन्धि उत्प्रेरणा अभियान चितवनसहित २७ जिल्लामा हुने भएको छ । यस कार्यक्रम ब्लड डोनर्स सोसाईटी नेपालको आयोजना एवम् विभिन्न संघ संस्था एवम सामाजिक अभियान्ताहरुकोा पहलमा मेचीको झापाबाट पुस ७ गते बृहत कार्यक्रम गरि अभियान सुरु गर्न लागिएको अभियानका संयोजक एवम् ब्लड डोनर्स सोसाईटी नेपालका सस्थापक अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए ।
संस्थाले विगतमा देशका विभिन्न स्थानहरुमा रगत सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु ,रक्तदान कार्यक्रमहरु ,फ्रेस डोनर तथा रक्त तत्व व्यवस्थापन लगातको कार्यहरु गर्दै आएको छ ।
संस्थाले लामो समयदेखि डिजीटल रगत व्यवस्थापन प्रणालीको माग राख्दै आएको छ । रक्तदान अभियानमा सक्रिय युवाहरु बिदेशिदा, नयाँ रक्तदाताहरु नथपिदा र आवश्यकता अनुसार रक्तदान कार्यक्रमहरु आयोजना हुन नसक्दा रगत व्यवस्थापनमा निकै चुनौती रहेको बताए ।
रगत व्यवस्थापनमा सरकारले जिम्मेबारी प्रदान गरेको संस्था नेपाल रेडक्रस सोसाईटीले आवश्यकता अनुसार जनचेतनामुलक कार्यक्रमहरु गर्न नसकेको र रक्तदान कार्यक्रमहरु थप्न नसकेको कारण रक्त तत्वको निकै अभाव भएको जानकारी दिए ।
रगत र रगत तत्व गरि देशभर १२०० देखि १५०० पिन्ट दैनिक माग रहन्छ भने काठमाडौ उपत्यकामा मात्रै ३५०-४०० पिन्ट माग रहने रक्तसञ्चार केन्द्रको तथ्यांक रहेको छ ।








